महिलालाई जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले म्याग्दीबाट एक युवालाई पक्राउ गरेको छ। म्याग्दीको मंगला गाउँपालिका–२,मिठौलाका २८ बर्षिया लक्ष्मण किसानलाई प्रहरीले एक महिलालाई जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो।
अभियुक्त किसानले २६ बर्षिय महिलालाई चिया खान जाउँ भन्दै सोमबार साढे ५ बजे तल्लो डडुवाको तुसानीस्थित सानो पाखो खेतको जंगलमा लगेर जबरजस्ती गरेको प्रहरीले जानकारी दिएको छ।
पीडित महिलाले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोलीले अभियुक्त किसानलाई पक्राउ गरेको बताइएको छ। अभियुक्त किसानबिरुद्ध प्रहरीले जबर्जस्ती करनी सम्बन्धी मुद्दा दर्ता गरेर आबश्यक अनुसन्धानका लागि सात दिनको म्याद थप भएको प्रहरी निरिक्षक बीरेन्द्र गुरूङले जानकारी दिए।
गएको साता मंगला गाउँपालिका–५,की ७ वर्षीया बालिकालाई गाउँकै ४७ वर्षीय थम बहादुर बिकले अश्लिल फिल्म देखाउँदै करणी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । म्याग्दीका कात्तिक कात्तिक र मंसिर महिनामा मात्रै १० बर्ष मुनिका दुई बालिका, एक महिलालाई सामुहिक करणी र एक अपाङ्क महिलालाई करणीको प्रयास गरेको उजुरीका आधारमा प्रहरीले घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिएको छ । म्याग्दीमा पछिल्लो समय जबरजस्ती करणीका घटना ह्वात्तै बढेको छ । सांकेतिक तस्बीर