तीन वर्षीया बालिकालाई वलात्कार गरेको आरोपमा प्रहरीले ७५ वर्षीय एक साधुलाई धनुषाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर–३ को इच्छापुरस्थित एक मन्दिरमा बस्दै आएका क्षिरेश्वरनाथ नगरपालिका ६ निवासी साधु शिवजी राम रहेका छन्।
अभियुक्तले तीन वर्षीया बालिकालाई मन्दिर प्राङ्गणको कुनामा लगेर जबर्जस्ती करणी गरेको बताइएको छ। पीडितको परिवारले अभियुक्त रामबिरुद्ध दिएको किटानी जाहेरीको आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए । प्रहरीले अभियुक्त रामबिरुद्ध जबर्जस्तीकरणी सम्बन्धी कसुरमा मुद्दा चलाएको बताइएको छ ।