गोरुले कुल्चिएर ८८ वर्षीया बृद्धाको निधन

गोरुले कुल्चिएर ८८ वर्षीया बृद्धाको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३ मंसिर २०७८
  • 4K
    Shares

भुवानिमाया लिम्बू

तेह्रथुममा गोरुले कुल्चिएर बृद्धाको निधन भएको छ। तेह्रथुम जिल्लाको छथर गाउँपालिका ३ पन्चकन्यामा गोरुले कुल्चिँदा ८८ वर्षीया भुवानिमाया लिम्बूको मृत्युको निधन भएको हो । उनलाई गोरुले बिहीवार दिउँसो करिब ३ बजेतिर कुल्चिएको बताइएको छ।
उनी घाम तापेर बसिरहेको बेला गाउँबाट बिक्रीका लागि लैजाँदै गरिएको गोरुले कुल्चिएको प्रहरीले जानकारी दिएको छ।
मृतक लिम्बुको शवलाई पोस्टमार्टमका लागि धनकुटा पठाइएको शुक्रबारे प्रहरी चौकीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार