नेत्रविक्रम चन्द “विप्लव”ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी निकट दलित मुक्तिमोर्चा नेपालको पाँचौ राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व चयन गर्दै कैलालीको धनागढ़ीमा सम्पन्न भएको छ। सम्मेलनले रामलाल बिकको अध्यक्षतामा ६१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ।

नव निर्वाचित मोर्चाको उपाध्यक्षमा जितेन्द्र महरा र महासचिबमा त्रिलोचन बिक रहेका छन् भने कोशाध्यक्ष जानकी बराह तथा सचिबमा उमेश सिके र राम कमार पासवान रहेको प्राप्त समाचारमा जनाइएको छ। सचिब पदमा निर्वाचित उमेश सिके पोखराका प्रतिष्ठित ब्यबसायी हुन्।
उक्त सम्मेलनको ने,क,पा,का महासचिब बिप्लवले उद्घाटन गरेका थिए।
