नेकपा (माओवादी केन्द्र) को भात्री संगठन प्रेस सेन्टरले पहिलो पटक स्थानीय तहमा कमिटि गठन गरेको छ। सेन्टरको आज भएको भेलाले शिवराज बस्ताकोटी “शिवदाई” को नेतृत्वमा स्थानीय तहमै पहिलो पटक सेन्टरको पोखरा महानगर कमिटि गठन गरेको हो।
आज पोखरा सम्पन्न भएको सेन्टरको महानगर कमिटि स्तरको प्रथम भेला तथा अधिबेशनले उपाध्यक्षमा राजेन्द्र शर्मा, सचिवमा हिमलाल पौडेल र कोषाध्यक्षमा सपना विक चयन गरेको छ। नवगठित समितिको सदस्यहरुमा सन्तोष पौडेल, शिब थापा, कुमारी बुढा, भीमराज तिमिल्सिना, सरिता गायक, सूर्य विक सिकारु र होमराज गुरुङ चयन भएका छन्।
यस अघि त्यस भेलाको प्रेस सेन्टर नेपालका केन्द्रिया सचिबालय सदस्य बिष्णु प्रसाद सापकोटा “जुगल”ले उद्घाटन गरेका थिए।