व्यावसायिक कागती खेती गर्दै बागलुङ जैदिका बीरबहादुर

व्यावसायिक कागती खेती गर्दै बागलुङ जैदिका बीरबहादुर


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २६ कार्तिक २०७८
  • 14.3K
    Shares

बागलुङ जिल्लाको जैमिनीका एक युवाले व्यावसायिक कागती खेती शुरु गरेका छन्। जैमिनी नगरपालिका–७ जैदीका ३६ वर्षीय बिरबहादुर रानाले व्यावसायिक रुपमा कागती खेती शुरु गरेका हुन् । गाउँमा बाँझो रहेको जमीन सदुपयोग गरेर व्यावसायिक कागीती खेति सुरु गरेका हुन् ।
“दुई वर्षअघि मात्र निकै ठूलो झाडी थियो तर अहिले हेर्दाहेर्दै कागतीको बगैँचा बन्यो”, बाँझो भएको पाखोबारीलाई सदुपयोग गरी व्यावसायिक कागती खेतीसँगै कुखुरापालन ,बंगुरपालन संगसंगै अनार ,लिची ,अलैची आदि खेति गरेको बीरबहादुरले बताए ।

कागती खेतीका लागि आवश्यक मल उत्पादन गर्नका लागि कुखुरापालन र बन्गुरपलान गरेको उनि बताउछन् । कुखुरा पालन र अन्य कृषि काम बाट मासिक ३५ देखि ४० हजार सम्म आम्दानि गरिरहेको रानाको भनाइ छ ।

जग्गा खरिद, व्यवस्थापन, बिरुवा खरिद तथा खोर निर्माणका लागि झण्डै रु १० लाख लगानी गरिसकेको राना बताउछन्। तीव्र बसाइँसराइका कारण बाँझो जग्गा खेर जान थालेपछि गाउँमै व्यावसायिकरूपमा कृषि उद्यम गर्ने सोचमा पुगेर केहि वर्षअघिबाट कृषि कर्म थालेको उनि बताउछन।

गाउघरमा कसैलेपनि कागती खेति नगरेको र आफुले केहि गर्न सकिन्छ भन्ने सम्भावना देखेर कागती खेती गर्ने सोचमा पुगेको रानाको भनाइ छ।
युवाहरु उत्पादनसँग नजोडिने हो भने विदेश पलायनको विकल्प नहुने अवस्था अहिले विद्यमान रहेको उनले बताए । कागती खेति बाट राम्रो आम्दानि गर्न सकिन्छ तर नगरपालिकाले राम्रो बजार ब्यबस्थापनमा ध्यान नदिदा बोटमै खेर जाने अवस्था रहेको रानाले बताए । “पोखरा ,काठमाडौं , बुटवलमा राम्रो माग छ ,तर बजारमा पुराउदा महँगो पर्ने र आफु समस्यामा परेको उनले गुनासो गरे ।

अहिले कागती प्रतिकिलो रु १५० सम्ममा बिक्री हुने गरेको छ । थोरै लगानी र राम्रो आम्दानी हुने र स्वास्थ्यका लागिसमेत निकै लाभदायक मानिने हुदा कागती खेती तर्फ किसानहरु आकर्षित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार