दाङमा कान्छी श्रीमतीको हत्या गरेर श्रीमान भागेका छन्। दाङ गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापा आफ्नी श्रीमतीको हत्या गरेर श्रीमान भागेका हुन्।
मदिरा सेवन गरेका थापाले सामान्य विवादका क्रममा थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । थापाले सामान्य विवादका क्रममा श्रीमतीलाई लाठीले टाउको तथा घाँटीमा हिर्काएको र सुनिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । हत्या आरोपित थापा भने फरार रहेको र खोजी थालिएको प्रहरीले जनाएको छ ।