यमपञ्चको दोस्रो दिन अर्थात कुकुर पुजाको अवसरमा नेपाल प्र’हरीको अनुस’न्धान प्रकृयामा महत्वपूर्ण भूमिका निर्वा’ह गर्ने साथै अप’राध अनुस’न्धानको सार’थीका रुपमा रहेका तालिम प्राप्त कुकुरहरुको आज विधिवत पुजा गरिएको छ ।
गण्डकी प्रदेश प्रह’री कार्यालय पोखराका प्रमुख प्र’हरी नायव महानिरीक्षक दिवेश लोहनी समेतको उपस्थिति रहेको पुजा कार्यक्रममा गण्डकी प्रदेश प्र’हरी कार्यालय अन्तर्गत रहेको केनाइन शाखामा रहेका कुकुरहरुको पुजा गरी मिठा मिठा परिकारहरु समेत खुवाइएको छ ।कुकुर एक कुशल आज्ञा’पालक एवं रक्ष’क साथै विभिन्न अप’राध गर्ने अपरा’धीहरू पत्ता लगाउने र अध्ययन–अनुस’न्धान गर्ने कार्यमा समेत अहम भूमिका निर्वाह गर्ने जनावर हो ।
साथै उक्त कुकुर शाखाका ईन्चार्ज प्र’हरी नायव निरी’क्षक विक्रम कुमार थापाले कुकुरहरुलाई पुजा गरी माला पहिराई मिठा खाने कुराहरु प्रदान गर्नुभएको हो । गण्डकी प्रदेश प्रह’री कार्यालय केनाईन शाखामा हाल सात वटा विभिन्न विधामा तालिम प्राप्त कुकुरहरु सेवा’रत रहेका छन् ।