फुलन्देको आमाकाकारण चर्चित हाँस्य रियालिटी शो “मुन्द्रेको कमेडी क्लब” बन्द हुँदै

फुलन्देको आमाकाकारण चर्चित हाँस्य रियालिटी शो “मुन्द्रेको कमेडी क्लब” बन्द हुँदै


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ कार्तिक २०७८
  • 4.6K
    Shares

फुलान्देको आमा , जिरु नेपाल

हाँस्य रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ आगामी हप्तादेखि बन्द हुने भएको छ। आगामी साताको एपिसोडसँगै कलाकार जितु नेपालले निर्माण निर्देशन र सञ्चालन गर्दै आएको हाँस्य रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको हो।

अब आउने साता हिमेश पन्त र सुमन कोइरालासँगको कार्यक्रमनै अन्तिम हुने कार्यक्रम प्रस्तोता एबम निर्माता जितु नेपालले जानकारी दिए। त्यस शो अरु कारणले बन्द भएको भने हैन, कार्यक्रमकि एक पात्र फुलन्देकी आमाकाकारण शो बन्द हुन् लागेको बताइएको छ। शोमा निक्कै नै लोकप्रिय भएका कलाकार उमेश राई ‘फुलन्देकी आमा’ अर्को एक रियालिटी शोको होेस्ट बन्ने पक्का भएसँगै जितुले यो शो बन्द गर्ने निर्णय गरेको प्राप्त समाचारमा उल्लेख छ।

उमेश राइले आफ्नो चर्चित गेटअप ‘फुलन्देकी आमा’ नै बनेर डान्स रियालिटी शो ‘डान्स च्याम्पियनसिप’को होस्ट गर्दैछन् । आफ्नो चर्चित रियालिटी शो बन्द गर्नुपर्ने कारण बताउंदै कलाकार नेपालले आफुलाई केही “‘पात्रहरूले धोका दिएको” गुनासो गरे। उनले अघि भने, “‘हुनत, म यो कार्यक्रमलाई बन्द गर्ने सोचमा नै थिएँ । सबै कलाकारलाई मायाको चिनो दिएर राम्रोसँग बन्द गर्ने सोचमा थिएँ । तर, उमेशजी अर्को शोको पनि होस्ट बन्ने हुनुभएछ । अब, दुबै शोमा एउटै गेटअपमा देखिदा समस्या हुन सक्छ भन्ने पनि लाग्यो ।’

सिजन–२ को ५४ औँ एपिसोड पुगिसकेको शो बन्द भएपछि आफू डाक्टर कपिल रिजालको निर्माण निर्देशनमा बन्न लागेको फिल्ममा आवद्ध भएको जानकारी दिए। ‘साम्राज्ञीसँग खेल्नका लागि डाक्टर कपिल रिजालले निर्माण र निर्देशन गर्न लागेको फिल्ममा आवद्ध भइसकेको छु, आगामी मंसिर १५ बाट सुटिङ सुरू हुन्छ,’ उनले भने। यसबाहेक आफ्नो नयाँ टेलिसिरियल बनाउने योजनासमेत रहेको नेपालले सुनाए।

प्रतिक्रिया