के तपाइको मोबाइल ह’रायो ? अब के गर्ने ? यसरि सजिलै पत्ता लगाउनुहोस्

के तपाइको मोबाइल ह’रायो ? अब के गर्ने ? यसरि सजिलै पत्ता लगाउनुहोस्


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ कार्तिक २०७८
  • 8.3K
    Shares

अहिले सबैको हात हातमा स्मार्ट फोन हुन्छ । प्राय सबै महङगो हन्छ । महङगो मोबाइल बोकेसँगै जो’खिम पनि बढ्ने गर्दछ ।
चो’री, हराउन सक्छ तर यसबाट हुने त’नाव अब हट्ने भएको छ । यसका लागि तपाई मोबाइल किन्नासाथ अर्थात हराउनुभन्दा अगावै आफ्नो मोबाइलमा भएको केही फङ्सनहरुको सेटिङ भने अवश्य मिलाउनुपर्छ ।

केही सेटिङ मिलाएर तपाईं आफ्नो हराएको वा चोरी भएको स्मार्ट फोनको लोकेसन ट्र्या’क गर्न सक्नुहुन्छ । एन्ड्रोइड मोबाइलमा एक बिल्ट इन ट्र्याकि’ङ फिचर हुन्छ । यसलाई प्रयोग गरेर मोबाइलको लोकेसन पत्ता लगाउन सकिन्छ ।

जसका लागि तपाईले मोबाइलमा आफूले एक्टिभेट गरको गुगल एकाउन्ट खोल्नुस् । त्यसपछि यो लिंकमा https://www.google.com/android/find गएर हेर्नुस् । तपाईले जुन गुगल एकाउन्ट लगइन गर्नुहुन्छ, त्यो एकाउन्टसँग जोडिएका सबै एन्ड्रोइड डिभाइसको लोकेसन गुगल म्यापको सहायताले सहजै पत्ता लाग्छ ।

यसबाट तपाईंले आफ्नो फोनमा घन्टी बजाउन पनि सक्नुहुन्छ । एउटा यस्तो अप्सन छ, जसबाट तपाईं आफ्नो फोनमा भएको सबै डाटा मेटाउन सक्नुहुन्छ । र, मोबाइल लक पनि गर्न सक्नुहुन्छ ।

यसको विकल्पमा एबीजी, अवास्ट, क्यास्परस्काई, लुकआउट लगायतका एप्लिकेशनको पनि प्रयोग गर्न सकिन्छ । यी एप्समा पनि रिमोट ट्र्या’किङ र डिभाइस लक तथा डाटा इरेजको सुविधा हुन्छ ।

आइफोनका लागि बिल्ट–इन एन्टीथेफ्ट एपको सुविधा हुन्छ । यो एपको नाम फाइन्ड माई फोन हो । यसले तपाईंको आइक्लाउड एकाउन्टको माध्यमबाट काम गर्छ ।

यता निवदेन दिएको भरमा तपाईको मोबाइल केहि दिनमानै हात लाग्छ । नेपाल दूरसंचार प्राधिक’रणले अनलाइनमार्फत मोबाइलको आइएमइआइ नम्बर दर्ता गर्न र हरा’एको मोबाइल खोज्न सकिने सेवा सुरु गरेको छ ।

विदेशबाट ल्याएका मोबाइलको इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टीटी ‘आइएमइआइ’ दर्ता गर्न र मोबाइल चो’री भएका पत्ता लगाउन प्राधिकरणले २ बर्षदेखि यो सेवा जारी राखेको छ। मोबाइल हरा’एको आवेदन प्राप्त भए पछि प्राधि’करणले नेपाल टेलिकम, एनसेल लगायतका सेवा प्रदायक कम्पनी र नेपाल प्र’हरीसँगको सहकार्यमा मोबाइल खोजिने गरेको छ ।

अनलाइन रजिष्ट्रर गरेपछि प्राधि’करणले सेवा प्रदायक कम्पनीसँग कल डिटेल लिन्छ। त्यही कल डिटेल प्र’हरीलार्इ दिएपछि मोबाइल खोजी सुरु हुन्छ ।

प्रतिक्रिया