आइतबार (आज ) मुलुकका केही स्थानहरुमा वर्षा र हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको सम्भावना छ । राति प्रदेश १, बागमती र गण्डकीमा वर्षाको आँकलन समेत गरिएको छ ।
सोमबार पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सोमबार राति प्रदेश १, गण्डकी र कर्णालीका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ ।