लोकदोहोरी गायक प्रकाश पराजुली र गायिका मिना बुढाथोकी नेपाली दोहोरी गीत इतिहासकै सबैभन्दा ठुलो र ऐतिहासिक टेलिभिजन शो ’ ‘दोहोरी च्याम्पियन’ बनेका छन्। लोकदोहोरी गायक पराजुली र गायिका बुढाथोकी दोहोरी च्याम्पियनको बिजेता बनिरहदा बाल चन्द्र बराल र शोभा कार्की उपविजेता बनेका छन् भने रिता राउत र सबिन आचार्यको समुहले तेश्रो स्थान हासिल गरेको छ।
उपाधिसँगै हात पारेसँगै प्रकाश र मीनाको समूहले ट्रफी, २० लाख रुपैयाँ नगद र एक करोड बराबरको जीवन बीमा प्राप्त गरेको छ । त्यस्तै, दोस्रो हुने बालचन्द्र र शोभाको समूहले ट्रफी, १० लाख रुपैयासँगै ५० लाख बराबरको जीवन बीमा प्राप्त गरेको छ ।
सविन आचार्य र रीता रावतको समूहले तृतीय स्थान हासिल गरेको छ । राजेन्द्र पाठक र मीना नेपालको समूहलाई भोटका आधारमा पछि पार्दै सविन र रीताको समूह तेस्रो भएको हो । राजेन्द्र र मीनाको समूह सान्त्वना भएको छ ।
तृतीय र सान्त्वना समूहले क्रमश: तीन लाख र दुई लाख रुपैयाँ प्राप्त गरेका छन् ।
‘दोहोरी च्याम्पियन’को निर्णायकमा गायक प्रजापति पराजुली, गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार रमेश बि.जी. र गायक तथा गीतकार चन्द्र शर्मा थिए । गायक बद्री पंगेनी र गायिका प्रिती आलेले कार्यक्रम संचालकको भूमिका निर्वाह गर्दै आएका थिए ।
नेपाल टेलिभिजनको प्रस्तुती रहेको ‘दोहोरी च्याम्पियन’को पहिलो श्रृङ्खलामा डिजिटल अडिसनबाट छनोट भएका ३५ समूहको फिजिकल अडिसन प्रशारण गरिएको थियो ।