विश्वकै च’र्चित ट्राभल बुक पब्लिसर ‘लोन्ली प्ला’नेट’ले सन् २०२२ का लागि नेपाललाई विश्वकै आठौँ उ’त्कृष्ट गन्त’व्यका रूपमा छनोट गरेको छ ।प्रा’चीन भ’ग्नावशेष, ऐतिहासिक स्थल र मनोरम सामुद्रिक जीवन भएका मुलुकहरूलाई समेटे’र प्लानेटले १० उत्कृष्ट मुलुकको सूची तयार पारेको छ । प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक पक्षलाई आधार मानेर नेपाललाई आठौँ स्थानमा छनोट गरिएको हो ।
प्रारम्भिक चरणमा सूचीकृत भएका दर्जनौँ मुलुकबाट छनोट गरेर उक्त सूचीलाई अन्तिम रूप दिइएको प्लानेटले जनाएको छ । प्लानेटले सर्वो’त्कृष्ट गन्तव्य मुलुकमा द कुक आइल्यान्ड्सलाई छानेको छ भने दोस्रो स्थानमा युरोपेली मुलुक नर्वे परेको छ । अफ्रिकी महादेशको हिन्दु महासागरीय टापु मुलुक मौरिससलाई तेस्रो उत्कृष्ट गन्तव्यमा समावेश गरिएको छ ।
त्यसैगरी मध्यअमेरिकी मुलुक बेलिजलाई चौथो, मध्ययुरोपको स्लोभेनियालाई पाँचौँ र उत्तरी अमेरिकास्थित ब्रिटिस स्वामित्वको पूर्वी क्यारेबियन सागरमा अवस्थित टापु मुलुक एन्गुइलालाई छैटौँ र एसियाको अरेबियाली मुलुक ओमानलाई सातौँ गन्त’व्यमा सूचीकृत गरिएको छ ।
आठौँ उ’त्कृष्ट गन्त’व्यमा नेपाल, अफ्रिकी मुलुक मलावीलाई नवौँ र इजिप्टलाई दशौँ ग’न्तव्यका रूपमा समावेश गरेको प्लानेटले उल्लेख गरेको छ ।