बेनी-जोमसोम–कोरला सडकखण्ड स्तरोन्नतिका लागि दैनिक १० घण्टा आवागमन ब’न्द गरिने भएको छ। नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि शुक्रबार बिहानदेखि अर्को सूचना जारी नहुँदासम्म सवारी साधन बन्द र काम गर्ने गरी बिहान तथा दिउँसो गरी दैनिक १० घण्टा सडक बन्द हुने जिल्ला प्र’हरी कार्यालय म्याग्दीले जनाएको छ ।
सडक स्तरोन्नतिका लागि मुस्ताङको सिमानामा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानाको काभ्रेभीरमा मर्मत र सवारीसाधन एकसाथ आवतजावत गर्न नसक्ने तथा चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले जोखिमबाट सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नुपरेको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए।
उनका अनुसार दैनिक बिहान ७ देखि ११ बजेसम्म तथा दिउँसो १ देखि ५ बजेसम्म सवारीसाधन सञ्चालन रोकेर सडक स्तरोन्नतिको काम गरिनेछ । त्यस्तै बेलुकी ७ देखि बिहान ७ बजेसम्म र दिउँसो ११ देखि १ बजेसम्म बाटो खुला रहनेछ ।
उक्त समयमा ठूला सवारीसाधनलाई रुप्से आसपासका क्षेत्रमा रोक्न र पैदलयात्रीलाई पारिबाट गन्तव्यमा पुग्ने गरी वातावरण बनाउन आवश्यक सहयोग गर्ने उनले बताए। काभ्रेभिर बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो । हरेक वर्ष नेपाली सेनाको सहयोगमा वि’स्फोटक पदा’र्थको प्रयोग गरी सडक चौडा गर्ने कामसमेत हुँदै आएको छ ।
भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकको काम पछिल्लो समय तीव्रगतिमा अगाडि बढाइएको छ । झण्डै छ अर्ब रुपैयाँ लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना विसं २०७४ देखि निर्माण सुरु गरिएको हो ।