पछिल्लो समय बागलुङका पर्यटकीय क्षेत्र भरिन थालेका छन् । दुई वर्षयता को’रोना म’हामारी’का कारण पर्यटन याममा समेत सुन’सान रहेका यहाँका पर्यटकीय क्षेत्र भरि’भराउ हुन थालेका छन् ।
जिल्लाको जैमिनी नगरपालिकाको हाँडीकोट टापुमा भि’ड बढेको छ । वडा नं १० राङ्खानी, वडा नं ७ जैदी र वडा नं ८ छिस्तीको सङ्गमस्थलमा पर्ने हाँडिकोट जिल्लाको प्रसि’द्ध पर्यटकीयस्थल हो । यहाँबाट दर्जनौँ हिमशृङ्खला देख्न सकिन्छ । आहा ! सुन्दर सूर्योदय र मुटु छुने चिसो , ‘त्यहाँ पुगेर ‘आहा ! हाँडीकोट टापु’ नभनी सुखै छैन । पछिलो समयमा आन्तरिक पर्यटकको भि’ड लाग्ने गरेको छ ।
पोखरामा स्थाई बसोबास गर्ने सुरज गौतमले आफुहरुले सामाजिक सन्जालमा हाँडीकोट बारे बिबिध गतिबिधि देखेका का’रण घुम्न आउने योजना बनाएको बताए । तिहारको बिदामा साथीहरु संग घुम्न आउने योजना बनाएको सुनाए ।
यता नेपालको एकमात्रै शि’कार आरक्ष, ढोरपाटन शि’कार आ’रक्ष पुग्ने पर्यटकको सङ्ख्या पनि बितेका दुई वर्षमाभन्दा यो वर्षको दसैँ बिदाका समयमा धेरै भयो । त्यहाँ पुग्ने पर्यटकको तथ्याङ्क त कसैले राख्ने गरेको छैन् तर आर’क्ष क्षेत्रका व्यवसायीका अनुसार यो वर्ष ढोरपाटन पुग्नेमा उत्साहित छन् ।
धेरै समयपछि घुम्दै ढोरपाटन आएँ’ पोखराका साइकल यात्री दिवस गुरुङले भन्नुभयो, “ढोरपाटनको योजना बनाएर आउँदा बीचमा बागलुङ घुम्ने ठाउँ धेरै रहेछन् ।”
जैमिनिको हाँडीकोट र ढोरपाटनमा मात्र हैन बाग्लुङको नया पर्यटकिए गन्तव्य पञ्चकोट, बागलुङ कालिका, बलेवा भैरव, भूमिगत शालग्राम सङ्ग्रहालय लगायत धार्मिक पर्यटकीय क्षेत्र समेत खचा’खच छन् । गलकोटको टेउवामा रहेको मूर्ति कार्यशाला, गाजाको दह, भकुण्डे भ्यूटावर, बागलुङ र पर्वत जोड्ने सिङ्गल स्पान प्रविधिको संसारकै लामो पुल ,गलकोट दरबार, गाईघाट झरनालगायत क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो छ ।
को’रोना म’हामा’रीको दोस्रो लहर केही कम भएपछि पर्यटनमा केहि आशा पलाएको छ” जैमिनिका रेस्टुरेन्ट व्यवसायी तिलक छेत्री बताउनुहुन्छ । आन्तरिक पर्यटकका का’रण बाग्लुङका होटल र रेष्टुरेन्ट व्यवसायी उत्साही बनेका छन् ।