उदयपुरबाट आधा क्विन्टल गाँजासहित २० वर्षीय युवक पक्राउ

उदयपुरबाट आधा क्विन्टल गाँजासहित २० वर्षीय युवक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ कार्तिक २०७८
  • 6.4K
    Shares

जिल्ला प्रहरी कार्यालय उदयपुरले अवैध लागूऔषध नियन्त्रण अभियानअन्तर्गत ५३ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारी उदयपुरबाट खटिएको टोलीले कटारी नगरपालिका–६ स्थित भोर्ले जंगलबाट गाँजा बोकेर हिँडिरहेका एक युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कटारी नगरपालिका–९ सोरुङछबिसेका २० वर्षीय प्रेम परियार रहेका छन् ।

उनलाई तीन बोरामा ५३ किलो गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार