धौलागिरि क्षेत्रमा अहिले (यो समाचार तयार पारुन्जेल)सम्म पनि भीषण वर्षा भइरहेको छ। वर्षासँगैको हुरी बतासले लगाइएको धानबाली,तरकारी र फलफूलमा समेत क्ष’ति पु’र्याएपछि कृषक समेत चि’न्तित बनेका छन्। बागलुङ, पर्वत र म्याग्दीको धानबाली उत्पादन हुने क्षेत्रहरुमा ठुलो क्ष’ति परेको कृषकहरुले वताएका छन ।
आइतबार (हिजो) रातिदेखिको भी’षण वर्षाकाकारण बेनी-जोमसोम लगायत म्याग्दीका ग्रामीण सडक अव’रुद्ध भएका छन्। रातिदेखि भएको अवि’रल वर्षाका कारण जिल्लाका ग्रामीण स’डक हिला’म्य भएका र दसैँका लागि घरआएका व्यक्ति कार्यक्षेत्रमा फर्किन सम’स्या भएको छ ।
यता बाग्लुङ जैमिनी नगरपालिकाको जैदि, छिस्ती , अर्जेवा, विनामारे, लगायतका ठाउँमा लगाएको धानवालिमा समेत ठुलो क्ष’ति पुगेको किसानले बताएका छन् । बालिमा क्ष’ति पुगेपछि जैमिनिका स्थानीय देबेन्द्र रेग्मीले क्ष’तिको विवरण संकलन गरि राहात उपलब्ध गराउनु पर्ने बताएका छन् । वर्षासँगैको हुरी बतासले बालि ढालेर कामै नलाग्ने बनाइदिएपछि किसानहरु चिन्तित बनेका छन् ।
दाङमा काटेको धान खेतमै न’ष्ट
लगातारको वर्षाले घोराही र तुलसीपुर क्षेत्रमा खेतमा पाकेको धानमा क्ष’ति गरेको छ । पानीले खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको छ । धेरै ठाउँमा किसानले धान का’टेको दुई दिनमा खेतमा पानी भरिएको छ । धेरै किसानको खेतमा पाकेको धान का’ट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ ।

बैतडीमा खर बिग्रियो
आईतबार साँझदेखि परेको भारी बर्षाका कारण बैतडीका किसानले का’टेर सुकाएको खर बि’ग्रिएको छ । आगामी हिउँदको सिजनमा पशु चौपायालाई खुवाउन का’टेर सुकाएको खर बर्षाकाकारण बि’ग्रिएको हो ।

त्यसैगरी ग्रामीण सडक अवरुद्ध हुँदा दशैँ मनाएर आफ्नो कार्यक्षेत्र फर्कदै गरेका मानिस ठूलो समस्यामा परेका छन्। गाडी गुड्ने सडकमा खोला बगेको छ। प’हिरो र हिलोका का’रण बेनी-दरवाङ‚ बेनी-मालढुंगा, बेनी-बागलुङ सडकखण्डमा पनि गाडी चलाउन क’ठिन भएको बेनी-दरवाङ सडकखण्डका सवारी चालक सूर्यबहादुर हुमेनले बताए। ‘ठूला सवारीसाधन बल्लबल्ल तातोपानी काटेका छन्, ट्याक्सी जान नसकेका का’रण सिंगाबाट फर्काएर बेनी ल्याएँ’‚ हुमेनले भने।
यसैगरी म्याग्दीको उच्च लेकाली क्षेत्रमा हिमपात हुन थालेको छ। म्याग्दीको गुर्जा,सोलेको धुरी,रुम,घोडेपानी लगायतका क्षेत्रमा हिमपात हुन शुरु भएको स्थानीयले बताएका छन्। जिल्लाको उपल्लो भेगमा अचा’नक जाडो बढेपछि वृद्धवृद्धा र पशु’चौपायालाई सम’स्या भएको छ। ज्येष्ठ नागरिकहरू घरबाट बाहिर निस्कन सकेका छैनन्।