अविरल बर्षासंगै आएको बा’ढिले रूपन्देहीमा डाइभर्सन बगाएको छ। रुपन्देहीको देवदहस्थित घोडाहमा बनाइएको डाइभर्सन बा’ढीले बगाएको हो। गए रातिदेखि लगातार परेको पानीले खोलामा पानीको सतह समेत बढेको छ।
डाइभर्सन बा’ढीले बगाएपछि फेरि पनि यातायात अव’रूद्ध भएको छ। यातायात अव’रुद्ध हुँदा बुटवलबाट पूर्व जाने सवारी साधन चल्न सकेका छैनन्।
रुपन्देही, कपिलवस्तु, नवलपरासीलगायत क्षेत्रमा आइतबारदेखि निरन्तर वर्षा भइरहेको छ। मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले व’र्षा अझै केही दिन जारी रहने बताएको छ।
यस अघि पनि भदौमा परेको व’र्षापछि आएको बा’ढीले घोडाह पुल भा’सिएको थियो। पुल भा’सिएपछि डाइभर्सन बनाइएको थियो।