साफ च्याम्पियनसिपको उपविजेता नेपाली टिमलाई कुश्मा नगरपालिकाद्वारा पुरस्कार घोषणा

साफ च्याम्पियनसिपको उपविजेता नेपाली टिमलाई कुश्मा नगरपालिकाद्वारा पुरस्कार घोषणा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ कार्तिक २०७८
  • 7K
    Shares

कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोसी

साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको नेपाली टिमलाई पर्वतको कुश्मा नगरपालिकाले रु दुई लाख पुरस्कारको घोषणा गरेको छ । नगरप्रमुख रामचन्द्र जोशीले शनिबार भारतसँग प्रतिस्पर्धा गरेको नेपाली फुटबल टिमलाई पुरस्कारस्वरुप उक्त रकम दिने घोषणा गरेका हुन् ।

नगरप्रमुख जोशीले, “नेपाली फुटबलको क्षेत्रमा इतिहास रच्दै राम्रो खेल प्रदर्शनसहित भारतसँगको खेलमा उपविजेता बन्न सफल नेपाली खेलाडीको उच्च सम्मान गर्दै नगरपालिकाको तर्फबाट रु दुई लाख पुरस्कारको घोषणा गरेको” बताए।  खेलाडीको सम्मान गर्न सकेमात्रै नेपाली खेलकूद क्षेत्र विकास हुने दाबी गर्दै नगरप्रमुख जोशी आफूले उक्त रकम पुरस्कारस्वरुप दिने जानकारी दिए।

सीमित स्रोतसाधनका बाबजुद नेपाली खेलाडीले देखाएको यो सफलता नेपालजस्तो मुलुकका लागि ऐतिहासिक भएको उल्लेख गर्दै उनले नगरपालिकाले छिट्टै नगरसमिति बैठक डाकेर उक्त पुरस्कार रकम नेपाली खेलाडीसमक्ष पु¥याउने दाबी गरे ।

प्रतिक्रिया