पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी उपचार पश्चात् पोखरा फर्किएका छन् । झण्डै ३ महिनाको उपचारपछि उनी शनिबार काठमाण्डौबाट पोखरा फर्किएका हुन् ।
गत साउन १ गते अचानक मस्तिष्तघात भएर हेलिकोप्टरमार्फत् काठमाण्डौ लगिएका मेयर जिसीको काठमाण्डौको न्यूरो हस्पिटल बाँसबारीमा उपचार भएको थियो ।
अप्रेसनपछि काठमाडौंमै छोरीज्वाइँको घरमा स्वास्थ्यलाभ गरिरहेका जिसी महानगरकै गाडीबाट पोखरा आएका हुन् । प्रेस संयोजक माधव बरालका अनुसार जिसीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । तर, अझै केही समय फिजियोथेरापी गरिरहनुपर्ने बरालले बताए । यसका लागि पोखरामै फिजियोथेरापिष्टबाट थप उपचार हुनेछ ।