खा’द्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि आजदेखि खसी’बोका बिक्री सुरु गरेको छ।
खा’द्यको थापाथलीमा रहेको प्रधान कार्यालयबाट खसी’बोका बिक्री सुरु गरिएको खाद्य व्यवस्था तथा व्या’पार कम्पनी लिमिटेडका नायब महाप्रब’न्धक श्रीमणिराज खनालले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले बिहानसम्म मकवानपुर र दाङबाट गरी ५ सय ३० खसी’बोका ल्याइएको छ ।
जसमध्ये २ सय १ मकवानपुरबाट र बाँकी दाङबाट ल्याइएको हो ।यो वर्षको दशैँमा खाद्यले दाङबाट ८ सय र मकवानपुरबाट एक हजार दुई सय खसी’बोका ल्याउने भएको छ । खाद्यले प्रतिकिलो ५ सय ४५ देखि पाँच सय ६५ रुपैयाँमा खसी’बोका खरिद गरेको छ ।
खाद्यले बेच्ने मूल्य भने प्रतिकिलो ६ सय ४० रुपैयाँ तोकेको छ । गएको वर्ष खा’द्यले ५ सय ५० रुपैयाँमा बिक्री गरेको थियो । पोहोरको तुलनामा यसपालि उपभो’क्तालाई ९० रुपैयाँ महँ’गो पर्ने भएको छ ।