तीन वटा प्रदेशबाट बाहि’रियाे मन’सुन , यस्तो छ अबको मौसमको पूर्वा’नुमान

तीन वटा प्रदेशबाट बाहि’रियाे मन’सुन , यस्तो छ अबको मौसमको पूर्वा’नुमान


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २३ असोज २०७८
  • 5.3K
    Shares

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएको छ । पूरै नेपालबाटै म’नसुन बा’हिरिन अझै केही दिन लाग्ने भए पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट भने मन’सुन बाहिरिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

पश्चिमबाट पूर्वतिर हावा ब’हनुका साथै ब’ङ्गालको खा’डीबाट जलवा’ष्पयुक्त हावा आउने क्र’म रोकिएपछि र तीन दिनसम्म लगातार पानी नपरेमा मन’सुन बाहि’रिएको मानिन्छ । यो ल’क्ष्यण अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मात्रै देखिएको छ ।

बिस्तारै अरु प्रदेशको मन’सुन पनि बाहि’रिँदै जाने उहाँले बताउनुभयो । यस वर्ष मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो । यस वर्षदेखि मनसुनको अव’धि परि’मार्जन भएको छ । यसअघि सामा’न्यतया नेपालमा जुन १० मा मन’सुन भित्रिने र सेप्टेम्बर २३ मा बा’हिरिने गरेको थियो ।

यस वर्षदेखि जुन १३ मा मनसुन भि’त्रिने र अक्टोबर २ मा मनसुन बाहि’रिने मौसमवि’द्को भनाइ थियो । तर मौ’मसवि’द्ले अनु’मान गरेको अक्टोबर २ तारिखभन्दा एक हप्ता बढी समय घ’र्किसकेपछि बल्ल विभिन्न प्रदे’शको मन’सुन बाहि’रिने क्रम सुरु भएको छ ।

यसैबीच आज देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर देशका केही पहाडी भेगमा सामान्यदेखि मध्यम खालको पानी पर्ने स’म्भावना छ । बाँकी प्रदेशका एक वा दुई ठाउँमा बेलुकातिर मे’घग’र्जनसहित सामान्य पानी पर्ने स’म्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार