चितवन रा’ष्ट्रिय नि’कुञ्ज अन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृ’त फेला परेको छ । सोमबार मध्याह्न १२ बजे निकु’ञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर द’क्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको पोथी गैँ’डा मृ’त फे’ला परेको निकुञ्जले जनाएको छ ।
निकुञ्जका प्रमुख संर’क्षण अधिकृत अणनाथ बरालले फलामको रड घोपिएको अवस्थामा उक्त गैँडा मृ’त फेला परेको बताए । “धानबाली खानेक्र’ममा स्थानीयवासीले र’ड घो’पेर म’रेको अनु’मान गरेका छौँ”, बराललले भने, “यस विषयमा थप अनु’सन्धा’न अगाडि बढाएका छौँ ।” गैँडाको कोखमा र’ड घो’पिएको का’रण भित्री चो’ट लागी आइतबार राति सो गैँडा म’रेको भए पनि सोमबार मृ’त भे’टिएको बरालले बताए ।
“हामीले ट्रया’पिङ गर्दा जिउंँदै थियो, मध्याह्नतिर झाडीमा मृ’त फेला पर्यो”, उनले भने । गैँडा मृ’त फेला परे पनि गैँडाको खाग र खुर भने सुर’क्षित रहेको बरालको भनाइ छ । चालु आर्थिक वर्ष २०७८/७९ मा मात्रै विभिन्न कार’णले आठवटा गैँडा म’रिसके’का छन् । राष्ट्रिय गैँडा गणना विसं २०७७ अनुसार चितवन रा’ष्ट्रिय निकु’ञ्जमा ६९४ वटा गैँडा रहेका छन् ।