नेपाल पञ्चा’ङ्ग निर्णा’यक समितिले यस वर्षको बडादशैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।
असोज २१ गते बिहीवार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । घट’स्थाप’नाका दिन चित्रा नक्ष’त्र र वै’धृति योग परेकाले ११:४६ बजेअघि चित्रा न’क्षत्र र वै’धृति योगको शान्ति गरेर घट’स्थापना गर्नुपर्छ ।
असोज २२ गते शुक्रवार झण्डा फेर्ने साइत ११ः५६ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उहाँले जानकारी दिनुभयो । असोज २५ गते साेमवार प’चली भै’रव यात्रा गरिन्छ । असोज २६ गते मङ्गलवार फूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने अध्यक्ष प्रा. ‘अधिकारीले बताउनुभयो ।
फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई सा’क्षी राखेर महाअ’ष्टमीका दिन राति का’लरात्रि पूजा गरिन्छ । तुलजा भवानी यात्राको साइत बिहान ७:११ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ८ः४४ बजे स्थिरासन गराइन्छ । असोज २७ गते बुधवार महाअ’ष्टमी, त्यसै राति का’लरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ ।
असोज २८ गते बिहीवार महानवमी पर्व मनाइन्छ । असोज २९ गते शुक्रवार विजयादशमी पर्व परेको छ । घट’स्था’पनाका दिनदेखि पूजा आरा’धना गरिने देवीलाई बिहान ८ः१९ बजे विसर्जन गरिने साइत छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः०२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजा’ग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।
विजयादशमीका दिन बिहान ७:०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान ८ः३२ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । खड्ग’यात्रा पनि यसै दिन गरिने छ । आश्विन शुक्ल पू’र्णिमाका दिन कात्तिक २ गते सबै ब’लि पू’र्ति गरिन्छ । त्यसै रात कोजा’ग्रत पूर्णिमा पर्व मनाइन्छ ।