अन्नपूर्ण गाउँपालिकाका पर्यटकी’य स्थल यही असोज १५ गतेदेखि भ्र’मणका लागि खुला’इने भएका छन् । को’रोना महा’मारी फैलि’एपछि गत वैशाखदेखि ब’न्द भएका पर्यटकीयस्थल करिब छ महिनापछि खुल्न लागेका हुन् । कार्यपालिकाको बैठकले पर्यटकी’यस्थल र तातो’पानी कु’ण्ड स्नानका लागि खुलाउने निर्णय गरेको हो ।
कार्यपालिकाका प्रवक्ता कृष्णप्रसाद बरुवालले को’रोना सङ्क्र’मणको दर घ’टेको, खो’पको व्यवस्था भएको, थलिएको पर्यटन व्यवसाय उठाउन तथा जनजीवनलाई सहज र आर्थिक गतिविधिलाई चलायमान बनाउन पर्यटकस्थल खुलाउने निर्णय लिइएको बताउनुभयो ।
“पहिलो लहरको को’रोना महा’मारी भित्रिएपछि ब’न्द गरिएका पर्यटकीयस्थल र तातोपानी कु’ण्ड औपचारिकरूपमा १८ महिनापछि खुलाउन लागिएको हो”, उहाँले भन्नुभयो, “गत माघ, फागुन र चैत महिनामा न्यून सङ्ख्या’मा पाहुना आए पनि औप’चारिक हिसाबले खुलाइएको थिएन ।”
अन्न’पूर्ण आधार शि’विर, भुरुङ,पाउद्धार, रातोपानी र सेकार्कुको कुण्ड, घोडेपानी, पुनहिल, मोहरे, फूलबारी, खोपारा लेक, बयली, रुप्से, अन्धगल्छी, महभिर तथा नार’च्याङ झरनालगायत पर्यटकीयस्थलका होटल तथा लज खुलाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले पर्यटकीयस्थलका बासिन्दा, होटल व्यवसायी र मजदुरलाई को’रोना भाइ’रसविरु’द्धको खो’प लगाउन प्राथ’मिकता दिइएको बताउनुभयो । प्रमुख पर्यटकीयस्थल घोडेपानीका १८ वर्षमाथिका १४० जनालाई बुधबार कोरो’नाविरु’द्धको खो’प लगाइसकिएको छ ।
तातोपानी, रातोपानीलगायत पर्यटकीयस्थलका बासिन्दालाई पनि को’रोनावि’रुद्धको खो’प लगाउन प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ । अन्नपूर्णका पर्यटकीयस्थल पाहुना र पर्यटकको पर्खाइमा रहेका घोडेपानी टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले बताउनुभयो । करोडौँ लगानी गरेर होटल तथा लज खोलेका व्यवसायी पर्यटक नआउँदा समस्यामा परेका थिए । स्वा’स्थ्य सु’रक्षा सत’र्कता अपनाएर पर्यटन क्षेत्रलाई सञ्चालन गरिने होटल व्यवसायीहरुले बताउनुभयो ।
पर्यटकीयस्थल ब’न्द हुँदा अन्नपूर्ण गाउँपालिकालाई गत वर्ष रु एक करोड भन्दा बढी आम्दा’नी गुमेको छ । तातोपानी र पुनहिलमा प्रवेश शुल्क तथा चमेनागृह सञ्चालनका लागि गत वर्ष ठे’क्का लगाइएको थिएन ।