असोजको दोस्रो सातादेखि लाइसेन्सको नयाँ आवेदन खुल्ने

असोजको दोस्रो सातादेखि लाइसेन्सको नयाँ आवेदन खुल्ने


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३ असोज २०७८
  • 4.6K
    Shares

सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) का लागि असोज दोस्रो सातादेखि नयाँ आवेदन खुल्ने भएको छ। को’रोनाका का’रण ब’न्द भएको आवेदन पाँच महिनापछि नयाँ आवेदन खुलाउने तयारी गरेको यातायात व्यवस्था विभागले जनाएको छ।

नेपालमा दोस्रो लहरको को’भिड संक्र’मण फैलिएपछि विभागले गत वैशाख १६ देखि नै अनलाइन तथा भौतिक उपस्थि’तिमा गरिने आवेदन सेवा ब’न्द गरेको थियो। विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार असोज दोस्रो साताबाट नयाँ आवेदन भर्न सकिने छ।

विभागले ब’न्द हुनुअघि नै फारम भरिसकेका सेवा’ग्राहीहरुको भने गत भदौ २० देखि लिखित र प्रयो’गात्मक परीक्षा सञ्चालन गरिरहेको छ। विभागले नयाँ ‘सवारी अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ जारी गरेको छ।

पहिले जस्तो सामान्य गल्ती गर्दा पनि अब फेल हुनु नपर्ने व्यवस्था कार्यविधिमा छ। प्राविधिक पक्ष सम्बन्धी सामान्य व्यवहारिक ज्ञानका विषय समेटेर पूर्णाङ्क १०० रहने गरी चाररचार अंकका जम्मा २५ वटा वस्तुगत बहुउत्तर प्रश्नहरू सोधिने छन्।

लिखितमा न्यूनतम ६० अंक ल्याएमा उत्तिर्ण हुने र प्रयोगात्मकमा १०० पूर्णाङ्क रहेकोमा ७० ल्याएमा पास हुने कार्यविधिमा उल्लेख छ। विभागले यो निर्देशिका देशैभरि लागू भइसकेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार