तनहुँको बुल्दी खोलामा ट्रक खस्दा चालकको मृ’त्यु भएको छ । जिल्लाको व्यास नगरपालिका–१ मुसेखोलास्थित पृथ्वी राजमार्गबाट १० मिटर तल बुल्दी खो’लामा ट्रक खसेको हो ।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्र’क दुर्घ’टना हुँदा चालकको घटना’स्थलमै मृ’त्यु भएको तनहुँका प्र’हरी नायव उपरीक्षक युवराज तिम्लिसिनाले बताउनु भयो ।
दुर्घ’टनामा मृ’त्यु हुनेमा कास्कीकाे पोखरा महानगरपालिका–१९ का २८ वर्षीय अर्जुन गौतम रहेको प्र’हरीले जनाएको छ । उनि ट्रकमै च्या’पिएको अवस्थामा चालक मृ’त भेटिएका हुन् ।
यस्तै, ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय बालक राजकुमार विक घा’इते भएका छन् । उनको रत्नहरि अस्पताल दमौलीमा उप’चार भइरहेको छ । ट्रकले होङशी सिमेन्ट बोकेको प्रहरीले जनाएको छ ।
शुक्रबार विहान साढे १२ बजे दुर्घ’टना भएको तनहुँ प्र’हरीले जनाएको छ ।