सुपथ मूल्यको पसल आजदेखि सञ्चालनमा

सुपथ मूल्यको पसल आजदेखि सञ्चालनमा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १ असोज २०७८
  • 2.9K
    Shares

सरकारले चाडपर्व लक्षित सुपथ मूल्यको पसल आजदेखि सञ्चालन गर्दैछ। दशैं, तिहार र छठ पर्व लक्षित सुपथ मूल्य पसलबाट उपभोक्तालाई सहुलियत दरमा खाद्य सामाग्री उपलब्ध गराइनेछ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार सबै किसिमका चामल, दाल, चिउरा, पिठोमा प्रतिकिलो पाँच रुपैयाँ, भटमासको तेल प्रतिलिटर १०, तोरी र सनफ्लावर तेलमा प्रतिलिटर पाँच, कर्णालीको सिमी र फापरमा प्रतिकिलो १० र जिउँदो खसी/बोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने छ। सुपथ मूल्य पसल काठमाडौंसहित ३९ जिल्लाका ४३ स्थानमा सञ्चालन हुने कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए।

काठमाडौं उपत्यका, पोखरा र सुर्खेतमा होम डेलिभरीको व्यवस्था पनि गरिएको खनालले बताए। उनका अनुसार खसी बोकाको बिक्री भने घटस्थापनाको भोलिपल्टदेखि सुरु हुनेछ। त्यसका लागि दाङ र मकवानपुरबाट तीन हजार वटा खसी/बोका खरिद गरी काठमाडौं ल्याइने नायब महाप्रबन्धक खनालले जानकारी दिए। सुपथ मूल्यका पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार