आज (शुक्रबार) विहानैदेखि देशभर सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका केही स्थानमा हल्का व’र्षा भइरहेको विभागले जनाएको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका केही स्थानमा मेघ’गर्जन र चट्या’ङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति देशभर सामान्य ब’दली रही थोरै स्थानमा मेघ’गर्जन र चट्या’ङ्गसहित हल्कादेखि मध्यम व’र्षाको सम्भावना रहेको विभागले जनाएको छ । वर्षाको सम्भावना रहेकाले उक्त स्थानका पहाडी भू–भागमा भू’क्षय, प’हिरो तथा गे’ग्रान बहा’वको जोखिम रहेको छ । नदी’नाला र ख’हरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सत’र्कता अपनाउन विभागले आग्रह गरेको छ ।