बागलुङमा रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड अन्तर्गत बाग्लुङ जैदिमा रहेको मंगल सदस्य सेवाकेन्द्र द्वारा श्रद्धा’ञ्जली सभा सम्पन्न गरेको छ ।
सिवाईसीको जिवन आवास तथा सामाजिक सुर’क्षा अन्तर्गत अर्द्व’दैहिक राहत सुविधामा सदस्यहरुको घरपरिवारका कुनै सदस्यको मृ’त्यु हुदा सदस्यको घरमै गएर राहत रकम सहित श्रद्धा’ञ्जली सभा गर्दै आईरहेको छ ।
सोही अन्तर्गत सिवाईसी साकोस मंगलका सेयर सदस्य तेज कुमार थापा ज्यूकाे पुजनीय बुवा स्व. राम बहादुर थापाकाे यही भाद्र २४ गते भएको दु’खद नि’धन प्रति सदस्य सेवाकेन्द्र उपसमितिका पराम’र्शदाता र कर्मचारीहरुको टोली जैमिनी नगरपालिका वडा नं.७ जैदी पुगी श्रद्धा’ञ्जली सभा सम्पन्न गरेको थियो ।
“जन्म मृ’त्यु सृष्टिको नियम भएकोले परिवारजनलाई धैर्य धारण गर्न अनुरोध गर्दै” सेवाकेन्द्रका कर्मचारी प्रगती थापाले श्रद्धा’ञ्जली पत्र वाचन गर्नुभएकाे थियाे ।
साथै संस्थाको नियमानुसार रु. ५,००० (पाँच हजार) बराबरको नगद र सम’वेदना पत्र यस सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका पराम’र्शदाता तथा वडा नम्बर ७ का वडा अध्यक्ष जित बहादुर राना र गाउँटाेल समन्वय उपसमितिका संयाेजक सागर गिरी र सदस्य जमुना शर्मा ज्यूले हस्तान्तरण गर्नुभएको थियो ।