चाड-पर्व नजि’किँदै गर्दा बजारमा चिनी म’हँगो, १ सय रुपैयाँभन्दा धेरै पुग्न सक्ने

चाड-पर्व नजि’किँदै गर्दा बजारमा चिनी म’हँगो, १ सय रुपैयाँभन्दा धेरै पुग्न सक्ने


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३१ भाद्र २०७८
  • 5.1K
    Shares

यसवर्षको द’शैंमा चिनीको मूल्य प्रति’किलो १ सय रुपैयाँ भन्दा धेरै पुग्न सक्ने अनु’मान गरिएको छ । सरकारी अनु’दानको चिनी खरीद वि’क्री गर्दै आएका दुई कम्पनी साल्ट ट्रे’डिङ कर्पो’रेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमि’टेडसँग चाड’पर्वका लागि चिनीको मौ’ज्दात नहुँदा व्यापारीहरूले मनपरी रूपमा चिनीको मूल्य बढाउन सक्ने यसको मूल्य नियन्त्र’णबाहिर जाने देखिएको छ ।

यतिबेला साल्ट ट्रेडिङ कर्पो’रेशनसँग करीब २ सय टन चिनी छ भने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमि’टेडसँग चिनीको मौ’ज्दात शून्य छ । व्यापारीहरूले यही मौका छो’प्दै मनपरी रूपमा चिनीको मूल्य तोक्न सक्ने सरो’कारवालाहरूले बताएका छन् । सरकारी कम्पनीसँग मात्र होइन, चिनी उत्पादक संघसँग पर्या’प्त मात्रामा चिनी मौ’ज्दात छैन । संघसँग यतिबेला करीब ६ हजार टन मात्र चिनी मौ’ज्दात रहेको छ ।

साल्ट ट्रेडिङ कर्पो’रेशनका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले कर्पो’रेशन र खाद्य कम्पनीसँग चिनी नभएको मौका छोप्दै दशैंमा व्यापारीहरूले प्रतिकिलो चिनीको मूल्य १ सय १० रुपैयाँसम्म तोक्न सक्ने अनुमान रहेको बताए । उनका अनुसार सरकारले सरकारी कम्पनीलाई चिनी खरी’दको अनुमति नदिँदा व्यापा’रीहरूलाई चिनीको मूल्यमा मनपरी गर्न सजिलो भएको छ । सरकारी कम्पनीले बजार मूल्यलाई हस्तक्षेप गरी बजार अनिय’न्त्रित हुनबाट बचाउँछन् ।

खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्यले पनि उनको कुरालाई स्वीकार गरेका छन् । ‘अबको केही दिनमै चिनीको मूल्य प्रतिकिलो १ सय रुपैयाँ पुग्नेछ र दशैंको बेलामा त्यो मूल्य अझ बढेर जाने सम्भा’वना प्रबल छ । अहिले खुद्रा व्यापारीहरूले प्रतिकिलो ९० रुपैयाँ थोक मूल्यमा चिनी किन्ने गरेका छन् । ढुवानी खर्च मज’दूर चा’र्ज समेत जोड्दा एक किलो चिनीमा ९५ रुपैयाँ लागत पर्न जान्छ हामीले अहिले ९५ रुपैयाँमा नै उपभो’क्तालाई चिनी बेच्ने गरेका छौं त्यसैले १ सय रुपैयाँ पुर्‍याउनै पर्ने भएको छ । केही गरी सरकारले त्यो बेलासम्म पनि चिनी ल्याउन सकेन भने मूल्य त १ सय रुपैयाँ भन्दा माथि नै जान्छ,’ (आ’र्थिक अभि’यान दैनिक)

प्रतिक्रिया
सम्बन्धित समाचार