पर्साको पर्सागढी नगरपालिकाको बरवाटाडी स्कुलमा अर्कैको नाममा कक्षा १२ को परी’क्षा दिने एक’जनालाई प्र’हरीले प’क्राउ गरेको छ ।
पर्सागढी नगरपालिका ४ स्थित नेपाल रा’ष्ट्रिय माध्यमिक विद्यालयमा बुधबार सन्दीप दास थारूको अंग्रेजी विषयको परी’क्षा दिने राजकुमार दासलाई प’क्राउ गरिएको प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिए ।
विशेष सूचनाको आधारमा प्र’हरी चौकी बढनियारको टोलीले परी’क्षा हलमा प्रवेश गरेर चेक गर्दा सन्दीपको प्रवेश पत्र लिएर राजकुमारले परी’क्षा दिइरहेको थिए । प्रवेश पत्रमा सन्दिपको तस्बिर उप्काएर राजकुमारको टाँसिएको अवस्थामा भेटिएको एसपी पाण्डेले बताए ।
सन्दीप र राजकुमार पर्सागढी ८ का वासिन्दा हुन् । यसअघि स्थगित भएको कक्षा १२ को परीक्षा बुधबारदेखि सुरु भएको हो ।