सदरमुकामबाट भौगोलिक हिसाबले नजिकै भए पनि सडक विकासका दृष्टिले टाढा रहेको गाउँपालिका हो बरेङ गाउँपालिका। विसं २०६३ मा पहिलोपटक छिमेकी जिल्ला गुल्मी हुँदै क’च्ची सड’क बरेङ पुगेको थियो।
गुल्मीको शान्तिपुरबाट सात’दोबाटो हुँदै बरेङ क’च्ची स’डक पुग्दा गाउँमै सवारी देखेका बरेङबासीले अब भने कालो’पत्रे सड’कको सपना देख्न थालेका छन्। आफ्नै जिल्ला सदरमुकाम बागलुङ बजार र गण्डकी प्रदेश मुकाम पोखरा पुग्ने सड’कसँग जोडिने गरी बरेङले अबको दुई वर्षमा कालोपत्रे स’डक पाउने छ।
एसियाली विकास बैंकले नामकरण गरेको बागलुङ–कमुश्मीशेरा–बरेङ–शान्तिपुर सडक’खण्डअन्तर्गत विभिन्न ख’ण्डमा कालोपत्रेका लागि विनियोजित योजना बरेङका सपना हुन्।
‘एसियाली विकास बैंक हाम्रोसम्म आई नै पुगेन, कुश्मीशेरासम्म विस्तार भएको बाटोले केही आशा भने जगाएको थियो’,गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भने, ‘अहिले यही स’डक कालो’पत्रेको योजना विनियोजन भएर काम सुरू भएको छ, हाम्रा लागि खुसीको कुरा हो’
यो सडक’खण्डअन्तर्गत बागलुङ नगरपालिका–१३ को पाग्जादेखि टाकुरीसम्म १० किलोमिटर र जैमिनी नगरपालिकाको कुश्मीशेरादेखि राङ्खानी देवलधारासम्म अर्को १० किमी खण्ड कालोपत्रेको काम चलिरहेको छ। पाग्जातर्फको काम सकिएकाले नि’र्माण कम्पनी हस्ता’न्तरणको चरणमा छ भने कुश्मीशेरा देवलधारासम्मको ख’ण्डमा केही संरचना निर्माण भएका छन्।
बरेङ पुग्न देवलधारादेखि बरेङको लिउँवा गाउँसम्म ११ किलोमिटर खण्डमा कालोपत्रे गर्न यसै वर्षदेखि काम सुरू भएको छ। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले रु ३४ करोड बजेट विनियोजन गरेपछि काम सुरू भएको हो।
विसं २०७८ असार ३० गते निर्माण कम्पनीसँग सम्झौता गरेको पूर्वाधार कार्यालय बागलुङले दुई वर्षमा काम सकिने जनाएको छ। पूर्वाधार कार्यालयका इञ्जिनियर श्यामप्रसाद भण्डारीका अनुसार २०८० साल असार ३० गतेसम्ममा बरेङ गाउँपालिका कालो’पत्रे सड’कसँग जोडिने छ।
उक्त ख’ण्ड कालोपत्रको जिम्मेवारी पाएको रौताहा/खानी/धुलिखेल कम्पनीले काम सुरू गरेको जनाएको छ। सडक कालोपत्रका लागि आवश्यक ढुंगा, गिट्टी, बालुवा उत्खनन् तथा प्रशोधनका लागि जग्गाको खोजी भइरहेको कम्पनीले जनाएको छ।
उक्त ख’ण्ड कालोपत्रे हुँदा जैमिनी नगरपालिकाको कुश्मीशेराबाट २१ किलोमिटरको दूरीमा लिउँवा जोडिने छ भने बागलुङ बजारबाट ४२ किलोमिटर कालोपत्रे सड’कमा बरेङ पुग्न सकिन्छ।
‘अहिले आफ्नै जिल्लाको बाटोभन्दा गुल्मीको बाटो सहज भनेर हिँड्नुपरेको छ’, बरेङ- ५ सुखौराकी रचना पौडेल भन्छिन्, ‘सडक कालोपत्र भए सदरमुकामबाट छोटोबाटो घर पुगिन्थ्यो।’
सडक फराकिलो र पक्की हुँदा गाउँपालिकाका अन्य पूर्वाधार विकास, स्वा’स्थ्यको पहुँच र स्थानीय उत्पादनको बजारीकरणमा सहज हुने गाउँपालिकाको विश्वास छ।
सदरमुकामसँग जोडिएको सडक कालोपत्र नभएका कारण बरेङबासीले बर्सेनि सास्ती खेप्दै आएका छन्। वर्षा याममा बा’ढी, पहि’राका का’रण सबै सडक अव’रूद्ध हुँदा बरेङ सडक सम्पर्कबाट टाढा रहने गरेको छ।
गाउँपालिका प्रवेशका लागि छिमेकी जिल्ला गुल्मीको शान्तिपुर, छिमेकी नगरपालिका जैमिनीको नाम्दुक, गलकोटको भित्रीवन तथा दुदीलाभाटी तथा गुल्मीकै सातदोबाटो हुँदै पाँच वटा नाका छन्। पाँच वटै नाका हुँदै चल्ने सडक साँघुरा र कच्ची भएका कारण साना सवारी मात्रै सञ्चालन हुने गरेको स्थानीय बताउँछन्।
सडक कालोपत्र भएमा यहाँ उत्पादन हुने दूध, आलु, अलैंची, फलफूल र अन्य कृषि तथा पशुजन्य उत्पादनको बजारीकरणमा सहज हुने बरेङ गाउँपालिका-५ सुखौराका शिक्षक दुर्गाप्रसाद शर्माले बताए।(रासस)