टेलिकमले बागलुङका सबै गाउँमा फोरजी सेवा उपलब्ध गराउने

टेलिकमले बागलुङका सबै गाउँमा फोरजी सेवा उपलब्ध गराउने


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २९ भाद्र २०७८
  • 5.4K
    Shares

नेपाल टेलिकमले आउँदो दशैँसम्ममा बागलुङका सबै गाउँमा फोरजी सेवा उपलब्ध गराउने भएको छ । टेलिकमले मौजुदा टावरहरुको स्तरोन्नति गरेर गाउँ–गाउँमा उच्चगतिको इन्टरनेट र भ्वाइससहितको सेवा विस्तार थालिएको हो । बजार क्षेत्र र बाक्लो बस्ती भएका ठाउँमा उक्त सेवा विस्तार गरिसकेको टेलिकमले गाउँका कुना–कुनामा फोरजी सेवा पुग्ने गरी बिटिएस टावरको स्तरोन्नति थालेको हो ।

‘अहिले दमेक, अर्गल, राङ्खानी, पातिहाल्ने र जलजलाको टावर स्तरोन्नतिको काम भइरहेको छ’, टेलिकम बागलुङका प्रमुख केशव शर्माले भने, ‘दशैँसम्ममा पाँचवटै टावरको काम सकिन्छ, त्यसपछि लगभग जिल्लाभरि नै फोरजी सेवा उपलब्ध हुन्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार