आइतबार बसेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि ऐतिहासिक पवित्र धार्मिक’स्थल बागलुङ कालिका मन्दिरसहित जिल्लाका अन्य धा’र्मिक तथा पर्यटकी’यस्थल पनि खुला गर्ने निर्णय गरेको थियो ।
स्वा’स्थ्य कार्यालयका को’रोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले यसअघि बन्द गरिएको पार्टी प्यालेस, सिनेमा हल, ब्युटीपार्लर तथा जिम हल लगायतका क्षेत्र स्वा’स्थ्य माप’दण्ड पु¥याएर खुल्न दिने र शैक्षिक संस्था पालिकाको समन्वयमा खुलाउन सकिने निर्णय भएको जानकारी दिनुभयो । पार्टी प्यालेस, सिनेमामा भने न्यून सङ्ख्या सहभागी हुन आग्रह गरिएको छ । यस्तै पालिकाको शिक्षा शाखाको समन्वयमा न्यून सङ्क्र’मण भएको पालिकाले जिल्ला प्रशासनको अनुमतिमा विद्यालय खुलाउन सकिने छ । यसका लागि न्यूनतम स्वा’स्थ्य माप’दण्ड भने अनिवार्य गरिएको प्रजिअ कार्कीले जानकारी दिनुभयो ।
स्वा’स्थ्य माप’दण्ड अपनाएर प्रशा’सनको निर्देशन अनुसार कालिका मन्दिर छ महिना पछि खुला हुने भएको हो । जिल्लामा धार्मिक पर्यटक भित्र्याउन म’न्दिरले टेवा पु¥याउँदै आएका थियो । मन्दिरमा सामाजिक दूरी कायम गरी दर्शना’र्थीलाई प्रवेशको व्यवस्था मिलाइने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो ।