जनकपुरमा निजी विद्या’लयका शिक्षक-शिक्षिकाको कुटा’इबाट एक विद्यार्थीको हा’त भाँ’च्चिएको छ । जनकपुरधाम उपमहानगरपालिका–४ बसहिया रोडमा रहेको स्वस्तिक इङ्ग्लिस बोर्डिङ्ग स्कूलका विद्यालयकी शिक्षिका शोभा साह र शिक्षक रब्बानी हुसैनले कुट’पिट गर्दा उनको दा’हिने हात भाँच्चि’एको छ।
स्वस्तिक इङ्लिस बोर्डिङ स्कुमा कक्षा ४ मा अध्ययनरत् सिद्धार्थ ठाकुर घा’इते भएका हुन् । सिद्धा’र्थका बुवा जितेन्द्र ठाकुरका अनुसार गएको बुधबार होम’वर्क नबनाएको भन्दै शिक्षिका साहले उनलाई पाइ’पले नि’र्घात कु’टेकी थिइन्।
बिहीबार समेत शिक्षक रब्बानीले ड’स्टर लिएर हा’तको सोही भागमा हिर्काउँदा दुखाई सहन नसकेर सिद्धार्थ चि’च्याउँदै घर भागेका थिए। लगत्तै सिद्धार्थका बुवा जितेन्द्रले विद्यालयका प्राधानाध्यपक श्यामसुन्दर साहलाई कु’टपिट गरेको गुनासो सुनाउन पुगेका थिए।
‘प्रिन्सिपल सरले तातो’पानीले मालिस गर्नुस्। समान्य चो’ट हो, मल्हम लगाउँदा ठिक भइहाल्छ भन्नुभयो,’ अभिभावक ठाकुरले भने, ‘गाउँबाट दुई तीन दिन दबाई गर्दा ठिक नभएपछि ए’क्सरे गरेर चेक’जाँच गराउँदा डा’क्टरले आधा ह’ड्डी क्रे’क भएको भन्नुभयो।’
उनका अनुसार स्कुलका शिक्षक तथा शिक्षिकाले त्यसअघि समेत सिद्धार्थलाई पटक-पटक कुट’पिट गरेका थिए। तर बद’मासी गर्दा पि’टेको होला भनी वास्ता नगरेको उनले बताए।
यस सम्बन्धमा स्कुलका प्रधानाध्यापक श्याम सुन्दर साहले विद्यार्थीले गृहकार्य नगरेकोले शिक्षकले सामान्य कुटपिट गर्दा संयोगवश विद्यार्थीको हात भाँचेको प्रतिक्रिया दिए । उनले उनको सबै उपचार खर्च तिर्न विद्यालय तयार रहेको समेत बताए ।
‘विद्यार्थीले कक्षामा हल्ला गर्थे। होम’वर्क पनि गरेका थिएनन्। त्यसैले शोभा म्याडमले उसलाई एक पटक पाइ’पले हिर्का’एको हो। भोलिपल्ट रब्बानी सरले डस्ट’रले हिर्काउनुभएको हो,’ उनले भने, ‘दबा’इमा के कति खर्च लाग्छ त्यसमा मिलाइदिन्छु भनेको छु।’
शिक्षिका शोभाले बुधबार पाइ’पले सिद्धार्थलाई पि’टेको प्रधानाध्यापक साहले समेत स्वीकार गरे। विद्यार्थीलाई पाइ’पले कु’ट्ने शिक्षिका प्रधानाध्पाक साहका पत्नी हुन्।
