स्वा’स्थ निर्देशनालय बागलुङको को’भिड खो’प समन्वय तथा अनुगमन समितीको बिहीबार बसेको बैठकले १२ कक्षामा सहभागी हुने परिक्षा’र्थीहरुलाई खो’प लागाउने निर्णय गरेको छ । कार्यालयले सुचना जारी गर्दै १२ कक्षामा सहभागी हुने परिक्षा’र्थीहरुलाई खो’प लागाउने निर्णय भएको जनाएको हो ।
१८ वर्ष पुरा भएका परिक्षार्थीहरुलाई को’रोना बिरु’द्धको एस्ट्रा’जेनिका खो’प जिल्लाका बिभिन्न स्वा’स्थ चौकी’हरुमा उपलव्ध गराउने भएको हो । विद्यार्थीले परी’क्षाको पर्वेस पत्र तथा परिचय खुल्ने कागजात लिएर आफ्नो नजिकको पाएक पर्ने ठाउमा खो’प लगाउन पाउने छन् ।
तोकिएका निम्न स्थान : बागलुङ नगरपालिकाको बाल मन्दिर आधारभुत विद्यालय बागलुङमा भदौ २५ र २६ गते, बागलुङ नगरपालिकाको त्रिभुवन माध्यामिक विद्यालय पैंयुपाटामा भदौ २५ गते, जैमिनी नगरपालिका कुश्मीसेरा प्राथमिक स्वास्थ केन्द कुश्मीसेरामा भदौ २५ गते, जैमिनी नगरपालिका राङखानी स्वास्थ चौकी, आयुर्वेद स्वास्थ केन्द्र बेलबगर जैदीमा भदौ २६ गते, काठेखोला गाउँपालिका भीमसेन प्रावि सुलडाँडा बिहुँ भदौ २५ र २६ गते, काठेखोला गाउँपालिका तंग्राम स्वास्थ चौकी तंग्राममा भदौ २५ गते, गलकोट नगरपालिका हटिया, पाण्डवखानी र रिघा स्वास्थ चौकीमा भदौ २७ गते खोप लगाईने भएको हो ।
खोप लगाउन उपस्थित हुदा जन’स्वास्थ्यका माप’दण्ड अपनाउन पर्ने कार्यालयले जनाएको छ ।
