तीज आयो तर गाउँ-घरमा खुसियाली छैन

तीज आयो तर गाउँ-घरमा खुसियाली छैन


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २३ भाद्र २०७८
  • 9.7K
    Shares

तिजको लहर आयो बरिलै

अर्थात महिलाहरुको भावना  व्यक्त गर्ने शब्द । तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। तर गत वर्ष देखि देखिएको कोरोना भाइरसले गर्दा चाडबाड खल्लो बनाइदिएको छ । रौनकताका साथ मनाइने तिज थलिएकाे छ ।

कुनै सँघ सँस्थाले पनि यसपटक महिलाहरुलाई जम्मा पारेर तिजकाे दर खुवाउने तडक भडक पनि गरेकाे देखिएकाे छैन । प्रायःजसो स्थानीए तहले चाडबाड आफ्नै घर घरमा मनाउन निर्देशन समेत दिएका छन् । समग्रमा भन्ने हो भने देशमा तिजका कुनै पनि औपचारिक कार्यक्रमहरु भएका छैनन् । प्रायः मठ-मन्दिर महिनौ दिन देखि बन्द छन् । धार्मिक स्थलहरु मा सुन्यता छाएको छ ।

यता बाग्लुङका स्थानीय तहमा पनि तिज मनाउन निषेध गरिएको छ । “अहिलेको परिस्थिति जटिल छ , कोरोना संक्रमण फेरी बढ्ला जस्तो देखिन्छ ,हामीले वडामा हरेक गतिविधि नियालेका छौं । कुनै औपचारिक कार्यक्रम गर्न दिइएको छैन ” बाग्लुङ जैमिनी वडा नम्बर ७ जैदिका वडा अध्यक्ष जित बहादुर रानाले बताउनुभयो । पोहोर पोहोरको जस्तो चाडमा रौनकता छैन । उहाले थप्नुभयो ।

जैदिकै स्थानीए बसन्ती थापाले ” तिजको रौनकता घट्दै गएको र त्यसको मौलिकता पनि हराउदै जान थालेको बताउनु भयो’ । “पछिल्लो समय तिजको परम्परागत मौलिकता हराउदै जान थालेपछि मौलिकता गुम्न सक्ने चिन्ता समेत हुन थालेको बताउनु भयो ।”

‘पहिले हामी आफै गितहरु गाउथ्यौ, मादल, मुरेली आफै बजाउथ्यौ, नाच्थ्यौ रमाईलो हुन्थ्यो तर आजकाल ठुला ठुला साउन्ड बक्सहरुमा गित बजाउने नाच्ने चलन आएको छ, रमाईलो त अहिले पनि लाग्छ तर पहिले जस्तो हुदैन जैदिकी थापाले भनिन् ।

मौलिक तिजका गीत गाएर,मादल बजाएर रमाइलो गर्नेहरु भन्दा पनि साउण्ड सिस्टम मार्फत नाच्ने प्रचलन बढ्दै गएको छ । पछिल्लो समय बजार क्षेत्रमा मात्र नभई गाउ ठाउँमा पनि साउण्ड सिस्टममा तिज गीत बजाउने नाच्ने क्रम बढ्दो क्रममा छ । त्यसो त पछिल्लो समय चर्चामा आएका कलाकारहरुले पनि पहिलेका जस्तो मौलिक सस्कृति तथा परम्परागत कुराहरुलाई अधिकाशं गितमा समाबेश गरेको पाइदैन । तर अहिलेको तीजमा भने बिष्णु माझीको तिज गीत “चरी जेलिमा” अत्याधिक रुचाइयो ।

यसरी पछिल्लो समय नाच्दा, गाउदा कुनै पनि कुरामा मौलीकता समाबेश गरेको नपाईदा पुर्खौ पुर्खादेखीको सस्कृती साच्चीकै गुम्दै जाने संकेत देखीएको भन्दै बुढापाकाहरुले चिन्ता व्यक्त गर्न थालेका छन ।

पछिल्लो समय मौलीक सस्कृती धरासायी बन्दै गएको गुनासो गर्ने बृद्धबृद्धाहरु थुप्रै छन । तर बिडम्बना पछिल्लो समय आधुनिक जमाना भित्रीएसंगै मौलीक सस्कृती भने हराउदै गएको छ

के हो तीज ? तिज पर्वको महत्व

यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरी/चेली लाई घरमा गई लिएर आउने वा बोलाएर मीठा-मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने-बस्ने चलन छ। यस दिन विशेष महत्त्वकासाथ दर खाने गरिन्छ। यही दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ। दरमा ठाउँअनुसार विभिन्न मिठा-मिठा परिकार साथै खीर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफूल खाने गरिन्छ।

आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ। सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ। भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो।

आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराईघरमा जीवन बिताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्त्व रहेको छ। तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ। महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ।

मूलतः ३६५ वटा दतिवनका डाँठ टोकेर खोलामा बगाउनु, माटो र गोबरले शरीरका सबै अङ्गहरू शुद्ध गर्नु, चाल्नीमा गनौती (गनिएका तिलचामल र जौ) राखेर माथिबाट पानी खन्याई छानिएको पानीले नुहाउनु र सप्तऋषीको पूजा गरेपछि महिलाहरू पूर्णरूपमा शुद्ध हुन्छन् भन्ने विश्वास गरिन्छ । ३६५ वटा दतिवन दिनको एउटा ३६५ दिनसम्म टोकेर तीजमा पञ्चमीको दिन खोलामा बगायो भने पनि रजस्वला हुँदाको समयमा भएको पापबाट मोक्ष भइने पनि विश्वाश छ ।

प्रतिक्रिया