रुपन्देहीको बुटवलमा ३ वर्षीया बालिकाको पानीमा डुबेर मृ’त्यु भएको छ । बुटवल नगरपालिका– ११ बुद्धनगर बस्ने राजु परियारकी ३ वर्षीया छोरी सम्राट परियारको पानीमा डु’बेर मृ’त्यु भएको हो ।
स्थानीय तिनाउ खोला छेउमा खेल्ने क्रममा जमेको पानीमा डुबेर उनको मृ’त्यु भएको प्रहरीले बताएको छ ।
डुबेलगत्तै उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याइएकी बालिकाको उपचारका क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।
यो पनि पढ़ौ
कञ्चनपुरमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थित सनवोरा नदीमा डुबेर आइतबार अन्दाजी १२ वर्षीय बालकको मृत्यु भएको हो।
कैलालीको चुरे गाउँपालिका–३ का १२ वर्षीय बालक दिलीप सुनारको कञ्चनपुर मामाघर गएका बेला डिलबाट चिप्लिएर नदीमा खसेका थिए।उनको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए ।