चट्या’ङ लागेर उदयपुरमा बालकको मृ’त्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका ८ देउरीका बिरेन्द्र प्रसाद चौधरीको १४ बर्षीय छोरो निशान चौधरीको च’ट्याङ लागेर मृ’त्यु भएको हो ।
बुधबार बेलुका ७ बजे घर नजिकै रहेको चौरीबाट खेली घर फर्कने क्रममा अविरल वर्षातसँगै परेको चट्या’ङ लागेर उनी अचेत बनेका थिए । उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा बेलुका पौने ९ बजे मृ’त्यु भएको थियो ।
घटनाको बारेमा थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।