बागलुङमा आजदेखि निषेधाज्ञा खुकुलो, बजार र यातायात खुल्ने

बागलुङमा आजदेखि निषेधाज्ञा खुकुलो, बजार र यातायात खुल्ने


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १० भाद्र २०७८
  • 9.4K
    Shares

बागलुङमा विगत केहि सातादेखि लगाइँदै आएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले सबैखाले पसल, सटर खुला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले बताए। कोरोना संक्रमण बढेको भन्दै प्रशासनले पूर्ण रुपमा पालना हुनेगरी कडा निषेधाज्ञा लगाएको थियो ।

निधेषाज्ञा खुकुलो भएसँगै बैंक तथा वित्तिय संस्था एवम् बजारहरु खुला हुने भएका छन् । सार्वजनिक तथा निजी क्षेत्रका सवारी स्वास्थ्य मापदण्ड पुरा गरि सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । विवाह तथा पार्टी प्यालेसहरु सञ्चालन नगर्ने निर्णय भएको उनले बताए ।

केही दिन यता कोरोना संक्रमणदरमा कमी आएकाले भोली शुक्रबारदेखि बजार, पसल, उद्योग व्यावसाय, सार्वजनिक सवारी साधन सञ्चालनका लागि खुल्ला गरिएको हो । यातायातका साधन भने दिनभर खुला गरिने भएको छ । सवारी साधनलाई सिट क्षमताभन्दा बढी यात्रु नबोक्न उल्लेख गरिएको छ ।

गत वैशाखदेखि सुरु गरिएको लकडाउनमा असारमध्यदेखि केही खुकुलो बनाउँदै लगिएको थियो। तर, खुकुलोपन बढेसँगै कोरोना संक्रमण दर झनै तीव्र गतिमा बढेको थियो । बिहीबार सम्म जिल्लामा ३ सय ४८ सक्रिय संक्रमित छन् । कोरोनाबाट ६५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार