वर्षा शनिबारसम्म नै सक्रिय रहने, सतर्कता अपनाउन आग्रह

वर्षा शनिबारसम्म नै सक्रिय रहने, सतर्कता अपनाउन आग्रह


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ९ भाद्र २०७८
  • 5.1K
    Shares

दुईवटा न्यूनचापीय रेखाको बलियो प्रभावका कारण सक्रिय बनेको नेपालको मनसुनी प्रणाली शनिबारसम्म नै सक्रिय रहने भएको छ । बङ्गालको खाडीमा जन्मेको न्यूनचापीय रेखा र नेपाल तराई नजिक रहेको न्यूनचापीय रेखाको दोहोरो असर नेपालको भूगोलमा परिरहेको छ ।

झन्डै एक सातादेखि पुनः सक्रिय बनेको मनसुनी वर्षाले यसपटक पूर्वदेखि सुदूूरपश्चिमको तराई भेगमा बढी प्रभाव जमाएको जल तथा मौसमविज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी क्षेत्रका विभिन्न स्थानमा लगातार बदली कायम रही हल्का, मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

यसअघि नै धेरै ठाउँमा जमिन गल्ने गरि पानी परिसकेकाले अब हुने वर्षाले थप जोखिम निम्त्याउने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो हप्ताभरि नै बाढी पहिरोको जोखिम उच्च छ ।

पहाडी भेगका बागमती, गण्डकी र प्रदेश १ का विभिन्न स्थानमा पनि हल्कादेखि मध्यमसँगै केही स्थानमा भारी वर्षाको आकलन गरिएको छ । महाशाखाले जनाएअनुसार बुधबारदेखि लुम्बिनी, कर्णाली र सुदूूरपश्चिमका विभिन्न भेगमा भारी वर्षा हुने सम्भावना छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार