बागलुङको बडिगाडका २७ घरमा बाढी पस्यो

बागलुङको बडिगाडका २७ घरमा बाढी पस्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २ भाद्र २०७८
  • 4.7K
    Shares

बागलुङको बडिगाड गाउँपालिकाका २७ घरमा बाढी पसेको छ । निरन्तर वर्षापछि बडिगाड गाउँपालिका–९ स्थित ठाडो खोलामा आएको बाढी सोही ठाउँका २७ घरमा पसेको हो । मङ्गलबार राति करिब १२ बजेको समयमा बाढी घरमा पसेको स्थानीयवासी टोपबहादुर पुनले बताए । राति सबै सुतेको समयमा एक्कासी बाढी गाउँमा पस्दा रातभर स्थानीयवासीको भागाभाग भएको थियो ।

गुल्मीको मालिका गाउँपालिका पाताखर्क भन्ने स्थानबाट आएको भलले गाउँमा आइपुग्दा बाढीको रूप लिएको थियो । गाउँका सबै घरमा हिलोसहित पानी पसेको छ । खानेपानीका मुहान, तरकारी टनेल, धान खेतसमेत बाढीले पुरेको स्थानीयवासीले बताएका छन् । घटना र क्षतिको विवरण आउन बाँकी छ । पानीको मुहान बाढीले बगाउँदा गाउँमा खानेपानीको समस्या भएको छ । विद्युत्का पोल ढलेका कारण विद्युत् आपूर्तिमा समेत समस्या भएको छ ।

यो पनि पढ़ौ
गलबार राति परेको वर्षाका कारण जिल्लाको ढोरपाटन नगरपालिका–६ अधिकारीचौरमा पहिरो जाँदा दुई गोठमा क्षति पुगेको छ । घरमाथीबाट खसेको पहिरोले अधिकारीचौरका खिमकुमारी बुढा मगर र देउवीर रसाईलीको गोठमा क्षति पुर्याएको छ ।

पहिरो जानु अघि नै भैँसी र बाख्रा निकालिएकोले भैँसी र बाख्रामा भने क्षति पुर्याएको छैन । पहिरोमा पुरिएर देउवीर रसाईलीले पालेको कुकुरको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार