कालीगण्डकी नदीमा डोजर डुब्यो

कालीगण्डकी नदीमा डोजर डुब्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २ भाद्र २०७८
  • 8.2K
    Shares

बेनी जोमसोम कोरोला सडक खण्ड अन्तर्गत घरपझोङ गाउँपालिका वडा नं – २ सामाग्रीमा रहेको कोशी एन्ड न्यौपाने जेबी कम्पनीको डोजर कालीगण्डकीले डुबाएको छ । बा २ क ३८८१ नम्बरको डोजर कालीगण्डकी डुबानमा परेको हो ।

काम गरिरहेको अवस्थामा अचानक डोजर अनियन्त्रित भइ खोलामा डुबेको प्रत्यक्षदर्शिले बताएका छन् । बेनी-जोमसोम -कोरोला सडकको चार नम्बर प्याकेज अन्तर्गत उक्त कम्पनीले कालीगण्डकीमा आरसिसी वाल निर्माणको काम गरिरहेको हो ।

कम्पनीले उक्त डोजर भाडामा लिएर काम गरिरहेको थियो । बिहान करिब ८ बजेतिर उक्त डोजर काम गर्ने शिलशिलामा खोलामा डुबेको हो ।
कालीगण्डकीको बहाब कम भए लगत्तै कम्पनीले उक्त कामलाई तदारुकता देखाएको हो । डोजरले आरसीसी वाल निर्माणको लागि फाउन्डेसन खनिरहेको चालक नेत्रबहादुर माझिले बताउनु भयो । माझिका अनुसार काम गर्दागर्दै डोजर अन्यन्त्रित भएको थियो ।

चालज माझिले डोजरलाइ डुवानमा पर्नबाट जोगाउन धेरै प्रयास गर्दा पनि नसकेपछि डोजरलाइ कालीगण्डकी नदिले करिब दश मिटर तलसम्म बगाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार