आफ्ना बाबु स्व. रामकृष्ण रानाको ४९ औं दिनको पुण्यतिथिमा समाजसेवी देउकुमारी थापा मगरले पोखरा वृद्धाश्रममा रहेका बृद्ध-वृद्धालाई खाद्यान्न र फलफूल सहयोग गरेकी छिन।
नेपाल मगर संघ, कास्कीकी जिल्ला सचिवालय सदस्य समेत रहेकी समाजसेवी थापाले छोरी मेनुका थापामगरसहित मंगलबार पोखरा–१७, महतगौंडास्थित वृद्धाश्रममा पुगेर बृद्ध-वृद्धाका लागि खाद्यान्न र फलफूल तथा स्वास्थ्य सामग्री सहयोग गरेकी हुन् ।
उनले वृद्धाश्रमका कर्मचारी दीपक कुँवरलाई वृद्धाश्रममा रहेका ५५ जना ज्येष्ठ नागरिकका लागि चामल, नुन, तेल, चिनी, अण्डा, फ्रुटीलगायतका खाद्यान्न, फलफूल र सेनिटाइजर, मास्कलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको पोखर वृद्धाश्रमले जनाएको छ।

कोरोना महामारीका कारण वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई भेला गरी कार्यक्रम गर्न नपाएपनि आफ्नो बाबुको पुण्यतिथिमा वृद्धाश्रममा सहयोग गर्न पाउँदा आफूलाई सन्तोष मिलेको थापाले बताइन् । वृद्धाश्रमका कुँवरले महामारीका बेला पनि वृद्धाश्रमसम्म आएर सहयोग गरेकामा थापाप्रति आभार प्रकट गरेका थिए ।
कास्कीको माछापुच्छ«े गाउँपालिका–३, घलेखर्क, कास्कीनिवासी स्व. रामकृष्ण रानाको ९१ वर्षको उमेरमा असार १६ गते निधन भएको थियो ।