मेघ गर्जन/चट्या’ङ्ग सहित भारी वर्षाको सम्भावना ,सतर्क रहन आग्रह

मेघ गर्जन/चट्या’ङ्ग सहित भारी वर्षाको सम्भावना ,सतर्क रहन आग्रह


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३० साउन २०७८
  • 5.8K
    Shares

शनिबार मुलुकका केही भागमा सामान्य देखि पूर्ण बदली रही भारी देखि मध्य वर्षा हुने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही भागमा मेघ गर्जन र चट्या’ङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै मुलुकका धेरैजसो स्थानमा सामान्य देखि पूर्ण बदली रहने र मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

वर्षाका कारण पहाडी भू-भागमा भूक्षय, प’हिरो तथा गेग्रान बहावको जोखिम हुने तथा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले सूचना जारी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार