अर्घाखाँचीमा पहिरोमा पुरिएर एक जनाको ज्या’न गयो

अर्घाखाँचीमा पहिरोमा पुरिएर एक जनाको ज्या’न गयो


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३० साउन २०७८
  • 6.9K
    Shares

निरन्तर भइरहेको बर्षाले अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोमा पुरिएर एक जनाको ज्या’न गएको छ ।

पाणिनी गाउँपालिका–५ मैदानमा खसेको पहिरोमा परि धातिवाङ्ग घर भएका अन्दाजी ४५ वर्षका मानबहादुर सुनारको ज्या’न गएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनु भयो ।

पाणिनीका स्थानीय मेघराज घिमिरेको घरमा प्लास्टर गर्ने क्रममा हिजो बेलुका ५ बजेतिर घर माथिबाट आएको पहिरोले ज्या’न लिएको हो ।

  • यो पनि पढ़ौ

जुम्लामा बाढी-पहिरोले बगाएर एकै घरका तीन जनाको मृ’त्यु
जुम्लामा बाढी-पहिरोले बगाएर एकै घरका तीन जनाको मृ’त्यु भएको छ। जुम्ला तातोपानी गाउँपालिका ७ ताम्ती गाउँका तीन जनालाई बाढी-पहिरोले बगा’एको हो।

जिल्ला प्र’हरी कार्यालय जुम्लाका प्रमुख डिएसपी दानबहादुर थापाका अनुसार मृ’त्यु हुनेमा ६० वर्षीय बिर्खे रावत, ३५ वर्षीया जैसरी रावत र १० वर्षका सन्देश रावत छन्। बिर्खे रावत जैसरीको जेठाजु हुन् भने सन्देश रावत जैसरीका छोरा हुन्।

सेतक चिनी कोरेर पाटनबाट फर्किएको समयमा घर नजिकैको घट्टे खोला तर्ने क्रममा उनीहरुलाई एक्कासी माथिबाट आएको बा’ढीले बगाएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए।

राति अबेरसम्म पनि घर नपुगेपछि घरपरिवारले खोजी कार्य थालेका थिए। तर भेटाएनन्। शुक्रबार वडाध्यक्ष र टोप्ला प्र’हरी चौकीबाट खटेकाे टोलीले बगाएको अवस्थामा भेटाएको थियो। यसअघि पहि’रोमा परेको भनिएको भएपनि बाढीपहिरो एकैसाथ आएर बगाएको स्थानीय बताउँछन्।

डिएसपी थापाले खोलाबाट मृ’तक तीनै जनाको श’व निकालि सकिएको बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार