समयमै सडक स्तरउन्नति नहुदा अर्जेवा,जैदीका जनतालाई आवत जावतमा सास्ती !

समयमै सडक स्तरउन्नति नहुदा अर्जेवा,जैदीका जनतालाई आवत जावतमा सास्ती !


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २९ साउन २०७८
  • 7.1K
    Shares

बाग्लुङको दछीण भेग , जैमिनी नगरपालिका अर्जेवा र जैदिका बिभिन्न सडकहरु महिनौ सम्म अबरुद्ध भएको छ ।
वर्षातका कारण गएको पहिरोका कारण अर्जेवा सुम्सा पुला देखि चोखेक जोड्ने सडक अबरुद्ध हुदा स्थानीयले सास्ती भोग्न बाध्य भएका छन् । सिंगो अर्जेवाको आन्तरिक बाटो रहेको कालिगण्डकी करिडोर – चोखेक सडक समयमै स्तारौन्नती भएको छैन । हिउँदको समयमा चोखेक,अर्जेवा , सुम्सा लगायतका स्थानमा साना सवारी साधनहरु चल्छन् तर असार लागेपछि त्यहाँका प्राय ठाउँमा सवारी चल्दैनन् । अर्जेवाका जनता मात्र नभई जैदी ,छिस्तीका सबै जनतालाई पैदल हिड्नुको विकल्प छैन ।
सडक भत्किएको दुई महिना पुग्दा पनि सरोकारवाला निकायले ध्यान नदिदा त्यस बाटो भएर चल्ने सवारीसाधन प्रभावित हुनुका साथै हलुका सवारी साधन पनि चल्न नसक्दा सामान ढुवानी गर्न असहज भएको र सडक माथी रहेका घरहरु जोखिममा रहेको स्थानिय बताउँछन् ।
सडकखण्डमा सफाइका लागि मात्र बर्सेनि लाखौंको बजेट वियोजन गरेपनी बर्खा मासमा भने पहिरो जाने,बग्ने,खाल्डाखुल्डी भई गाडी त के पैदल यात्रा गर्नलाई पनि सास्ती रहेको छ । र यो समस्या बर्सेनि यहाँका जनताले भोग्नु कुनै नौलो कुरा होइन ।
यता जैदी आचार्य टोलमा सडक चौडा गरेको महिना दिन नबित्दै गएको पहिरोले सडक सन्जालनै टुटेको छ । नगरपालिकालाइ बारम्बार खबर पुग्दा समेत सडक मर्मत हुन सकेको छैन । पुरै बस्ति नै जोखिममा परेको छ । १० मिनेटमा पुगिने १ घन्टा लगाएर हिड्नु पर्ने बाध्यता रहेको छ ।
ठेकेदारको लापरबाहीका कारण यो अवस्था आउन पुगेको हो ” एक स्थानीयले गुनासो गरे । लापरबाहीका कारण बस्तीमै क्षति पुराएको थियो भने ढलको उचित ब्यबस्थापन नहुदा कयौं घर बस्ती छोडेर हिड्नु परेको स्थानीयको गुनासो छ ।
जैदिकै लौवा करिडोर देखि बिराउने हुदै वडा कार्यालय सम्म बाटोको दुर्दशा पनि उस्तै छ । केहि समय अगाडि मात्र हर्क बहादुर नेपालीको अध्यक्षमा सडक मर्मत गरिएको थियो । तर उक्त सडकमा गाडी हिड्न नसक्ने मात्र हैन मानिस ओहोर दोहोर गर्न समेत समस्या भएको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार