म्याग्दी सदरमुकाम बेनीमा फागु पूर्णीमाको अवसरमा होली खेल्ने क्रममा कुटपिट हुँदा एक जना घाईते भएका छन् । बेनीस्थित न्युरोडको सडकमा होली खेल्दै गरेको समूहमाथि घरको झ्यालबाट पानी छ्यापेको भन्दै न्युरोडस्थित भिम एण्ड ब्रर्दशमा काम गर्ने सवारी चालकमाथि कुटपिट भएको हो । कुटपिटबाट भिम एण्ड ब्रर्दशको ग १ त ४६७५ नम्बरको ट्याक्टरका चालक दाङ तुल्सीपुर ४ का २१ वर्षिय समिर परियार घाईते भएका हुन् ।
होली खेल्दै गरेको समूहले परियारलाई घरभित्रै पसेर कुटपिट गरेको पसलका सञ्चालक तारानाथ रेग्मीले बताए । परियारको दाहिने हातको पञ्जा, टाउको र शरिरमा चोट लागेको छ । घटनास्थल रगताम्मे बनेको थियो ।
उक्त समूहले कुटपिट गर्न घरभित्र पसेकालाई रोक्न खोज्दा आफू र न्युरोड निवासी शर्मीला थापामाथी पनि हातपात भएको रेग्मीले बताए । घाईतेको जिल्ला अस्पताल बेनीमा उपचार गरिएको छ । कुटपिटमा संलग्न ८ जनाको नाम सहित १५र२० जनाको समुहलाई विपक्षी बनाएर पिडितले मंगलबारनै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउन गएपनि प्रहरीले फकाईदिएको छ ।
बिदाको दिन भएकाले मंगलबार जाहेरी दर्ता नगरेको र बुधबार जाहेरी दर्ता गरेपछि घटनाको अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढ्ने जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख लोकेन्द्र सिंह गुरुङले बताए ।
पिडितले बेनी बजारका कुबिर श्रेष्ठ, रुवीन श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, जुना श्रेष्ठ, सृजना श्रेष्ठ, जेनिस श्रेष्ठ, अंगद श्रेष्ठ, तारा श्रेष्ठ लगायत १५र२० जनाले कुटपिट गरेको जाहेरीमा उल्लेख गरेका छन् । म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा लायन्स कल्व अफ बेनी म्याग्दीका अध्यक्ष कुबिर श्रेष्ठको नेतृत्वमा कुटपिट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
श्रेष्ठले परियारले पानी फाल्न प्रयोग गरेको तपेसलाई सडकमा ल्याएर सार्वजनकि रुपमा ढुंगाले हानेर फुटाएका थिए । घटनास्थल नजिकै बेनीका कलाकार र पत्रकारहरुको टोली पनि नाचगान गरेर होली मनाईरहेका थिए । कुटपिट गर्नेविरुद्ध न्युरोडमा केही समय नाराबाजी पनि भएको थियो ।
आरोपतिहरुले भने भाषा मंका खलको सामुहिक होली खेल्ने क्रममा अमर्यादीत ब्यवहार प्रर्दशन गरेकाले प्रतिकार गरेको प्रतिक्रिया दिएका छन् । घटना सामान्य भएकाले जातीय र राजनितिकरण गर्न नहुने उनीहरुको दावी छ ।
जिल्ला प्रशासन कार्यालयले सोमबार होली खेल्ने क्रममा अमर्यादित गतिबिधि गर्नेलाई कानुन अनुसार कारबाही गर्ने सूचना जारी गरेपनि कुटपिटबाट मरनासन्न हुने गरि घाईते भएका जाहेरी लिन नमानेकोमा पहुँचको प्रभाव परेको पिडित परियारले बताए ।