बलिउड सुपरस्टार सलमान खानले माफी मागे सुनील शेट्टीपुत्री आथियासंग

बलिउड सुपरस्टार सलमान खानले माफी मागे सुनील शेट्टीपुत्री आथियासंग


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ११ साउन २०७८
  • 6.6K
    Shares

सलमान खानले माफी मागे आथिया सेट्टीसंग

बलिउड सुपरस्टार सलमान खानले अर्का सुपरस्टार सुनील शेट्टीकी छोरी अथियासँग माफी मागेका छन् ।

सुपरस्टार खानले भाइ अरबाज खानको च्याट शो ‘पिंच सीजन २’ को शोमा सुनील शेट्टीकी छोरी अथियासँग माफी मागेका हुन् ।

अरबाजको शोमा सलमानले सामाजिक सञ्जालमा अथियालाई ‘फलो’ नगरेको सन्दर्भमा अथियासँग हात जोडेर माफी मागेका थिए । उनले अथियालाई अब ‘फलो’ गर्ने पनि बताएका थिए ।

सलमानले माफी मागेको भिडियोमा सुनिल शेट्टीले पनि प्रतिक्रिया जनाएका छन् । सलमानले माफी माग्नुको कारणबारे सुनिलसँग अन्तरवार्ताका क्रममा सोधिएको थियो ।

उक्त अन्तरवार्तामा सुनिलले भनेका छन्,‘सलमान मेरो परिवार जस्तै हुन् । उनी जे गर्छन्, मनबाट नै गर्छन् । उनले स्क्रीनमा अथियासँग माफी माग्नु सबैभन्दा प्यारो कुरा हो । अथिया र सलमानको बीच पनि निकै गहिरो सम्बन्ध छ । सलमान र अथिया एक अर्कासँग राम्रो सम्बन्धमा छन् । र, माफी एक व्यक्तिका लागि जरुरी कुरा पनि हो ।’

 

प्रतिक्रिया